
कास्की । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरू भएको छ ।
जेन-जी आन्दोलनमा प्रदेश सभा भवन ध्वस्त भएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल, मालेपाटनमा पहिलो बैठक बसेको हो । बैठकमा बोल्दै गण्डकी सभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश सवैधानिक संस्था भएको भन्दै केन्द्रले प्रदेशमाथि नियन्त्रण गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
कांग्रेसका महेन्द्रध्वाज जिसीले नेपालमा पछिल्लो राजनितिक गतिविधि योजनाबद्ध रूपमा भइरहेको आरोप लगाउँदै भदौ २४ गतेको घटनाप्रति खेद प्रकट गर्नुभयो । नेपाली काम्युनिष्ट पार्टी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले लोकतन्त्रलाई सही बाटोमा डोर्याउन नसक्दा लोकप्रियतावाद जन्मिन पुगेको धारणा राख्नुभयो ।