इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो । उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । 

प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.