
अर्घाखाँची । प्रतिनिधि सभा सदस्यको निर्वाचन-२०८२ लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुर टिभीका अर्घाखाँची संवाददाता रूद्रमणि भुसाललाई जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सम्मान गरेको छ।
निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सञ्चारमाध्यमको तर्फबाट योगदान पुर्याएको भन्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मान कार्यक्रममा बोल्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले लोकतान्त्रिक प्रक्रियामा यस्तो सक्रिय र जिम्मेवार भूमिकाले निर्वाचनलाई सफल बनाउन ठूलो टेवा पुगेको बताउनुभयो ।
उहाँले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन अर्घाखाँचीका सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भुसाल विगत १६ वर्षदेखि अर्घाखाँचीमा सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ।