बैठक सञ्चालनका लागि पनि नयाँ संसद् भवन तयारी अवस्था छ : गृहमन्त्री अर्याल

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैठक सञ्चालनका लागि पनि नयाँ संसद् भवन तयारी अवस्था छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताउनुभएको छ ।

निरीक्षणका क्रममा उहाँले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिनुभएको हो । उहाँले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको बताउनु भयो । 

सपथ ग्रहणका लागि मात्र नभइ पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उहाँको भनाइ छ । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उहाँले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

अस्थायी व्यवस्थापन भए पनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.