मन्त्री छनोटमा बालेन्द्र शाह र रवि लामिछाने सक्रिय

बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारी
चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्त्री छनोटमा बालेन्द्र शाह र रवि लामिछाने सक्रिय

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठनका लागि गृहकार्य अघि बढाएको छ । 

१३ गते प्रधानमन्त्रीमा बालेन्द्र शाहको नियुक्ति र सपथ गर्ने गरी तयारी भैरहेको स्राेतहरूले जनाएका छन् । नयाँ सरकारको स्वरूप र मन्त्रीहरूबारे रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूले छलफल गरिरहेका छन् । 

उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले पनि सहभागी रहेको छलफलमा अब बन्ने सरकारको खाकाबारे गृहकार्य थालिएको रास्वपाले जनाएको छ । सरकारमा पठाउने मन्त्रीहरूको नामबारे लामिछाने, शाहलगायतका नेताबीच दुई दिनयता बाक्लो छलफल भइरहेको छ । तर, अहिलेसम्म सरकारमा पठाउने मन्त्रीहरूको नाम भने टुङ्गो लागि नसकेको रास्वपाका नेताहरूले जनाएका छन् ।

रास्वपा स्राेतका अनुसार अबको ८-१० दिनभित्र सरकार गठन हुनेछ। जनमत अनुसार नयाँ सरकार रास्वपाको नेतृत्वमै एकल बहुमतको हुनेछ । संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.