एनआरएनएहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन पैरवी गर्छु : नवनिर्वाचित अध्यक्ष शर्मा

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनआरएनएहरूलाई वंशजको आधारमा नागरिकता दिलाउन पैरवी गर्छु : नवनिर्वाचित अध्यक्ष शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आबद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

उहाँले एनआरएनएहरूका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उहाँको भनाइ छ । 

उहाँले विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने समेत बताउनु भयो । उहाँले वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका लागि आवश्यक योजनाअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.