खर्चको विवरण सार्वजनिक गरेर पेस गर्न दल तथा उम्मेदवारलाई निर्वाचन आयोगकाे निर्देशन

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
खर्चको विवरण सार्वजनिक गरेर पेस गर्न दल तथा उम्मेदवारलाई निर्वाचन आयोगकाे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार गर्दाको खर्चको विवरण सार्वजनिक गरेर आयोगमा पेस गर्न निर्देशन दिएको छ ।

आयोगले विज्ञप्ति जारी गरी दल तथा उम्मेदवारलाई ३५ दिनभित्र आफूले गरेको खर्च विवरण सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको हो । आयोगले बुधबारदेखि लागू हुनेगरी दल तथा उम्मेदवालाई निर्देशन गरेको छ । 

प्रत्यक्षतर्फको उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा र समानुपातिकका लागि दलले आयोगलाई बुझाउनुपर्नेछ । उम्मेदवारले आफ्नो जिल्लामा रहेको निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित स्थानीय तहका कार्यालयको सूचना पाटी र आमसञ्चार माध्यम वा सामाजिक सञ्जाललगायतबाट सार्वजनिक गर्नुपर्ने छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.