समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा

काठमाडौं । प्रत्यक्षतर्फ बहुमततर्फ अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा समानुपातिकतर्फ पनि निकै अगाडि छ। 

अहिलेसम्म ९४ लाख ९३ हजार ३ सय ९८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले समानुपातिकतर्फ ४५ लाख ८७ हजार ७ सय ७६ मत ल्याएको छ ।

त्यस्तै नेपाली कांग्रेसले १५ लाख ४० हजार ७ सय ९९, नेकपा एमालेले १२ लाख ८३ हजार ७३ र नेकपाले ६ लाख ९९ हजार ९ सय ७ मत पाएको हो । श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ८ सय ९८, राप्रपाले ३ लाख ३ हजार १ सय २८ मत पाउँदा जनता समाजवादी पार्टीले १ लाख ४७ हजार २ सय २६ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४६ हजार ७ सय ६२ मत पाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.