
भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी हुनुभएकाे छ ।
१६ हजार ६ सय ६३ मतसहित एमाले सचिव शेरधन राई पराजित गर्दै ध्रुवराज राई विजयी हुनुभएकाे हाे । एमाले सचिव शेरधन राई १४ हजार ७ सय ५० मतमा ल्याउनुभयाे । धुर्वराज राईले शेरधन राईलाई १ हजार ९ सय १३ को मतान्तरले पराजित गर्नुभएकाे हाे।
सस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याउँदै तेस्रो स्थानमा आउनुभयाे भने रास्वपाका रमेश ओझाले ६ हजार १०२ ल्याइ चौथो र नेकपाका अजम्बर राई काङमाङले ५ हजार ७ सय २८ मत ल्याउँदै पाचौँ बन्नुभयाे । यस्तै राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८ सय १२ मत, जसपाका गोपालकुमार राईले दुई सय ५६ मत, मंगोल नेसनलका चन्द्रप्रसाद राईले दुई सय ४० मत, नेकपा माओवादीका देवानराज राईले २ सय ३ मत, राप्रपाका जनक नेपालले १ सय ९७ मत, नेमकिपाका राजाराम बासीले ६६ मत, आम जनता पार्टीका युवराज थापाले ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे ।
भोजपुरमा कुल १ लाख २५ हजार २५ हजार ७ सय ६६ मतदाता मध्ये ५८ हजार १ सय ६७ मत खसेको थियो।