
जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी हुनुभएकाे छ ।
उहाँले १४ हजार ८ सय १६ मत प्राप्त गर्नुभयाे । उहाँले नेकपाका नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गर्नुभएकाे हाे । नेपाली कम्युनिष्ट पार्टीका भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गर्नुभयाे । नेपाली कांग्रेसका ७ हजार १ सय ४३ मत प्राप्त गर्नुभयाे ।
नेकपा (एमाले) शान्ति लाल महतले ४ हजार ५ सय १८ मत प्राप्त गर्नुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायतले ४ सय २१, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले चार सय, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११, नेपाल जनता पार्टी रनिल बिक्रम शाहीले ४३, नेपाल कम्युनिष्ट पार्टीका बिर्खबहादुर शाहीले ७० र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गर्नुभयाे ।
कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ३९ मत खसेको थियो । बदर मत १ हजार ७ सय रहेको छ ।