
खोटाङ । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा खोटाङमा नयाँ दल श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई अग्रस्थानमा देखिनुभएकाे छ।
पछिल्लो मतपरिणामअनुसार पार्टीका महासचिव राईले ५ हजार ७ सय ४४ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि हुनुहुन्छ। उहाँसँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ४ हजार ९ सय ३५ मत ल्याउनुभएकाे छ।
यस्तै, नेकपा (एमाले)का उम्मेदवार देव विक्रम राईले ४ हजार ५ सय ८ मत प्राप्त गर्नुभएकाे छ। नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हरि रोकाले ३ हजार ६ सय ८५ मत पाउनुभएकाे छ।
मतगणनाको प्रारम्भिक चरणदेखि नै श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले अग्रता कायम राख्दै आउनुभएकाे छ ।