
लमजुङ । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार धर्मराज केसी जित नजिक देखिनुभएकाे छ ।
लमजुङको ७ पालिका र बेंसीसहर नगरपालिका १ देखि ६ सम्मको मतगणना भइसक्दा उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मतले अघि हुनुहुन्छ । अब बेंसीसहर नगरपालिका ७ देखि ११ सम्मको मतगणना बाँकी छ ।
६६ हजार ९ सय ७५ मत गणना हुँदा रास्वपा उम्मेदवार केसीले २९ हजार ३ सय ५९ मत ल्याउनुभएकाे छ । नेपाली कांग्रेसका गमप्रसाद गुरूङले १५ हजार १ सय ६०, नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरूङले १५ हजार १ सय र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार हरिजङ तामाङले ३ हजार ५४ मत ल्याएका छन् । २ हजार २ सय मत बदर भएका छन् ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता रहेकोमा ७६ हजार ६ सय ३१ मत खसेको थियो । निर्वाचनमा एक जना स्वतन्त्रसहित ११ जना राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।