
लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले भारी मतले अघि बढेको छ ।
एक हजार १ सय ४७ मत गणना हुँदा उहाँले ९ सय १४ मत प्राप्त गर्नुभएकाे छ । मनाङमा नेकपा (एमाले) ले कांग्रेसलाई सघाएको थियो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की यशोदा गुरुङ (सुवेदी) ले २ सय १० मत प्राप्त गर्नुभएकाे छ । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ५ मत प्राप्त गर्नुभएकाे छ । १८ मत बदर भएको छ ।
कुल ७ हजार मतदाता रहेको मनाङमा २ हजार ८ सय ९२ मत अर्थात् ४१ दशमलव ३१ प्रतिशत मत खसेको थियो ।