रूपन्देहीमा ६२ प्रतिशत मत खस्यो

७ सय ३६ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण
फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीमा ६२ प्रतिशत मत खस्यो

बुटवल । रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

रूपन्देहीमा ७ सय ३३ निर्वाचन केन्द्रमा ६२ प्रतिशत भन्दा बढी मतदान भएको छ । जिल्लाका कुनै पनि छिटपुट घटनासमेत नभइ शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहीले बताउनुभयाे । उहाँका अनुसार सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएर मतपेटिका शिल गर्ने कार्य जारी रहेको र बेलुका ७ बजेसम्ममा सबै केन्द्रबाट मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने गरी काम भइरहेको उहाँले बताउनुभयाे ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले अन्तिम परिणाम नआएको तर, ६० प्रतिशत भन्दा बढी मतदान भएको बताउनुभयाे । उहाँकाअनुसार प्रारम्भिक विवरणमा रूपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा ५९ प्रतिशत, २ मा ६० प्रतिशत, ३ मा ६१ प्रशितश, ४ मा ६८ प्रतिशत र ५ मा ६० प्रतिशत भन्दा बढी मत खसेको छ । 

‘यो प्रारम्भिक विवरण हो,’ उहाँले भन्नुभयाे, ‘अन्तिम परिणाममा यो अझै बढेर आउन सक्छ ।’ सबै भन्दाबढी निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी मत खसेको अनुमान छ । रूपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता थिए । 

जिल्लाभरका अस्थायीसहित २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.