
काठमाडौं । देशभर मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरैबाट मतपेटिका संकलन गरेर गणना स्थालमा पुर्याउने क्रम जारी छ ।
निर्वाचन आयोगले तोकेको समयभित्र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सिलबन्दी, मुचुल्का उठाउने र सुरक्षितरूपमा ढुवानी गरी गणना स्थलमा पुर्याउने क्रम भइरहेको हाम्रा संवाददाताहरूले जानकारी दिएका छन् ।
केही मतदान स्थलमा सामान्य विवादका कारण केही समय रोकिएर पुनः सहजरूपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ । त्यसैगरी केही मतदान केन्द्रममा स्थानीयले मतदानमा भाग लिएनन् । यसैबीच आयोगले दुर्गमका १५ जिल्लाका मतपेटिका हेलिकोप्टरमार्फत संकलन गर्ने जनाएको छ ।
जसमध्ये केही जिल्लाको मतपेटिका संकलन भइसकेको छ भने केही जिल्लाको मतपेटिका भोलि बिहान गणनास्थलमा ल्याउने तयारी भएको आयोगले जनाएको छ ।