
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिस्कार गरेका छन् ।
बेदिङमा कोही पनि उम्मेदवार मत माग्न नपुगेको र बेदिङको गुनासो नसुनेको भन्दै मतदाताले मतदान बहिस्कार गरेका हुन् । बिहान १० बजेर ४५ मिनेट जाँदासम्म कोही पनि मतदाता मत खसाल्न नआएको मतदानमा खटिएका एक कर्मचारीले बताए ।
आरोहीहरूको गाउँले परिचित बेदिङमा १ सय ३३ मतदाता रहेका छन् ।