.png&w=1000&height=550)
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका-१० हाङदेवाकी १ सय ३ वर्षिया भीममाया कार्कीले मतदान गर्नुभएको छ ।
उहाँलाई छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रमा बोकेर लगी मतदान गराउनुभएको हो । स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर जति बोकेर आमालाई मतदान गर्न सहयो गरेको छोरा नेत्रले जानकारी दिनुभयो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका-६ वंशगोपाल मावि मतदान केन्द्रमा १ सय २ वर्षका टीकादत्त पौडेलले मतदान गर्नुभएको छ । छोराको मद्दतले ह्वीलचियरमा मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।