कैलालीमा ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, अझै बढ्न सक्ने

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैलालीमा ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, अझै बढ्न सक्ने

कैलाली । जिल्लामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रारम्भिक अनुमान अनुसार ५७ प्रतिशतसम्म मत खसेको छ। 

जिल्लाका मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाकाअनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। उहाँकाअनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ। सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सम्बन्धित स्थानमा ल्याउने प्रक्रिया जारी रहेको उहाँले बताउनुभयाे।

कैलालीमा प्रतिनिधिसभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर ६ सय ४५ मतदान केन्द्र तोकिएका थिए। ती केन्द्रमा कुल ५ लाख ५१ हजार मतदाता रहेका छन्। निर्वाचन कार्यालयकाअनुसार अहिले जिल्लाभरबाट मतपेटिका संकलन गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.