मनाङमा ४३ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२ |आश गुरुङ
मनाङमा ४३ प्रतिशत मत खस्यो

मनाङ । जिल्लामा ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार २१ मत खसेको प्रारम्भिक रिपोर्ट छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले सबै मतपेटिका आइसकेपछि मात्रै यसको पूर्ण जानकारी हुने बताउनुभयाे । मनाङमा एउटा अस्थायीसहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र छन् । 

चारवटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्छे मतदान केन्द्र छन् । मनाङमा महिला ३ हजार ६ सय २३ र पुरूष ३ हजार ३ सय ७७ मतदाता छन् ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।