कपिलवस्तुमा दिउँसो चार बजेसम्म ५२ प्रतिशत मतदान

फाल्गुन २१, २०८२ |मनोज पौडेल
कपिलवस्तुमा दिउँसो चार बजेसम्म ५२ प्रतिशत मतदान

कपिलवस्तु । प्रतिनिधि सभा सदस्यका लागि जिल्लामा दिउँसो चार बजेसम्म ५१.६३ प्रतिशत मतदान भएको बताइएको छ । 

जिल्लाको २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमा सिंहले बताउनुभयाे । अहिलेसम्म जिल्ला भर शान्ति पूर्णरूपमा मतदान भइरहेको बताइएको छ । 

जिल्लाको तीन निर्वाचन क्षेत्रमा दलका ४९ र स्वतन्त्र ४९ गरी ९८ जना चुनावी प्रतिस्प्रर्धामा छन् । जिल्लामा ३ लाख ९६ हजार २६५ मतदाता रहेका छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।