पाख्रीबास नगरपालिकाद्वारा सूचना प्रविधिमा आधारित प्रणालीमार्फत जग्गा प्रशासन सेवा सुरू

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाख्रीबास नगरपालिकाद्वारा सूचना प्रविधिमा आधारित प्रणालीमार्फत जग्गा प्रशासन सेवा सुरू

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणालीमार्फत जग्गा प्रशासन सेवा सुरू गरेको छ । 

अब पाख्रिबास नगरपालिकाबाटै मालपोत कार्यालयबाट हुँदै आएका जग्गाको अभिलेख व्यवस्थापन, घरजग्गा किनबेच, दर्ता नामसारी, अशंवन्डा, हाल साबिक कायम गर्ने तथा लालपूर्जासमेत उपलब्ध गराइने छ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्राविधिक टोलीले भूमि प्रशासनसम्बन्धी प्रणाली सञ्चालन र अभिलेख व्यवस्थापनका विषयमा प्राविधिक प्रशिक्षण सञ्चालन गरिरहेको छ। 

पाख्रिबाससँगै धनकुटा र महालक्ष्मी नगरपालिकाबाट पनि जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने तयारी छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी अधिकार उपलब्ध गराएको छ। पाख्रीबासले पहाडी जिल्लामै पहिलो पटक स्थानीय तहबाटै जग्गा प्रशासनको काम सुरू गरेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.