प्राध्यापक, शिक्षक र कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न आयोगकाे आग्रह

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्राध्यापक, शिक्षक र कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न आयोगकाे आग्रह

काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब नौ दिन बाँकी रहेको छ । 

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू चुनाव प्रचारप्रसारमा सहभागी हुन नहुने भन्दै सचेत गराएको छ ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनि उजुरी तथा गुनासो प्राप्त भएपछि आयोगले एक विज्ञप्ति जारी गर्दै सचेत गराएको हो । 

आयोगले उनीहरूलाई आफ्नो पदको मर्यादा र कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरितका गतिविधिमा संलग्न नहुन भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.