सरकारले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : कांग्रेस

फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले सरकारसँग सो माग गर्नुभएको हो । उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गर्नुभयो । 

प्रवक्ता चालिसेले भन्नुभयो,‘निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । हामीले बारम्बार भनेका छौं कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन । हामी निर्वाचनलाई निष्पक्ष गराउने जिम्मा लिएको सरकार निष्पक्ष हुने वातावरण सुनिश्चित गर्न फेरी पनि म तपाईंहरूमार्फत अनुरोध गर्न चाहन्छु । नेपाली कांग्रेसले अहिलेसम्म शंका गरिसकेका छैन । तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरूरी छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका धेरै नेता, कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेको दाबी समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.