
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत ११ किलोमिटर नागढुंगा-मलेखु सडक कालोपत्रे भएको छ।
गतवर्ष आठ किमि सडक कालोपत्रे गरिएकोमा यस वर्ष थप ३ किमि कालोपत्रे गरिएको हो। सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौंदी र विशालटारका केही क्षेत्र कालोपत्रे भएका छन् ।
धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सब-बेस राखिएको छ । उक्त खण्डका ६ वटा पुलमध्ये हुग्दी र चरौंदीमा जमिनमाथिको काम भइरहेको छ । विश्व बैंकको चार अर्ब ८० करोड ५९ लाखको ऋण सहयोगमा यो सडक खण्ड स्तरोन्नति थालिएको हो ।