
लुम्बिनी । जापानको वाकायामा प्रदेशका गर्भनर मियाजाकी ईमुजीले बुद्ध जन्मस्थल लुम्बिनीको अवालेकन भ्रमण गर्नुभएको छ ।
लुम्बिनी विकास कोष र जापानको कोया टाउन नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा जापानको वाकायामा प्रदेशका गर्भनर मियाजाकी ईमुजीको नेतृत्वमा १८ सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल लुम्बिनी भ्रमणमा आएको हो ।
टोलीका सदस्यहरूले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गरेका थिए ।