महाशिवरात्रि तथा सेना दिवसको अवसरमा धादिङमा महोत्सव आयोजना

फाल्गुन ३, २०८२ |पोषनाथ अधिकारी
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा धादिङमा महोत्सव आयोजना

धादिङ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा धादिङको खरिमा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न सम्मान तथा महोत्सव आयोजना गरिएको छ । 

ज्वालामुखि गाउँपालिका-५ को सहयोगमा भूतपूर्व सैनिक संघले आयोजना गरेको कार्यक्रममा तीन तहका म्याराथन, गोरू जुधाइ, भाले जुधाइलगायतका विभिन्न किसिमका प्रतियोगिता गरिएको थियो । 

मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमलगायतका प्रस्तुति देखाइएको कार्यक्रममा खरिमा जन्मिएर विभिन्न क्षेत्रमा अब्बल रहेका एक सयभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।