
जाजरकोट । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा तयारी तीव्र पारिएको छ।
निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका मतपत्र जिल्लामा पुगेका छन्। मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ लाख १५ हजार मतपत्र र समानुपातिकतर्फ १ लाख १८ हजार मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ।