मधेस प्रहरीको ‘क्लीन स्वीप’ अपरेसन : फरार प्रतिवादी पक्राउदेखि आन्तरिक शुद्धीकरणसम्म

कारागार र बालसुधार गृहबाट फरारसमेत नियन्त्रणमा
माघ १८, २०८२ |अनिल मिश्र
मधेस प्रहरीको ‘क्लीन स्वीप’ अपरेसन : फरार प्रतिवादी पक्राउदेखि आन्तरिक शुद्धीकरणसम्म

धनुषा । मधेश प्रदेश प्रहरी कार्यालयले आसन्न निर्वाचनलाई व्यवस्थित र भयरहित बनाउन फरार प्रतविादी पक्राउ अभयिानलाई तीव्र बनाएको छ ।

‘एक प्रहरी-एक फरार प्रतविादी’ पक्राउ अभियानअन्तर्गत जघन्य अपराधमा संलग्न तथा अदालतबाट म्याद थप भई फरार रहेका व्यक्तिको खोजीलाई विशेष प्राथमकिताका साथ अघि बढाएपछि हालसम्म दुई हजार एक सय ५४ जना फरार प्रतविादी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरूमा कारागारबाट फरार एक हजार ४५ कैदीबन्दी मध्ये ५ सय ७९ जना, बालसुधार गृहबाट फरार ६८ जना मध्ये २० जना म्याद थप भई फरार भएका २४ जनामध्ये पाँच जनालगायतका रहेका छन् । फरार प्रतविादी पक्राउ अभयिानसँगै मधेश प्रहरीले संगठनभित्र पनि आन्तरिक शुद्धीकरण र जिम्मेवारी हेरफेर अभियानलाई पनि अघि बढाएको मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिनुभयो ।

सर्वसाधारण र व्यवसायीहरूको जनगुनासो बढेपछि ४ सय ४३ जना प्रहरीको काज तथा अदली-बदली गरिनुका साथै लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका प्रहरीलाई स्थानान्तरण गर्दै १५ वर्ष ट्राफिक ड्युटीमा रहेका ३२ जना र सादा पोशाकमा कार्यरत ९७ जनाको जिम्मेवारी परिवर्तन गरिएको मधेश प्रदेश प्रहरी प्रमुख थपलियाले बताउनु भयो । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।