
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरूङले आगामी निर्वाचनको प्रायोजनमा प्रश्न उठाउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यो निर्वाचन दलहरूलाई पुनःस्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका व्यक्त गर्नुभएको हो ।
भदौ २३-२४ गतेका घटनापछि संसद् विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रायोजन र वास्तविक उद्देश्यमा उहाँले प्रश्न उठाउनु भयो । उहाँले यो निर्वाचन दलहरूको पुनरूत्थानका लागि नभएको आशंका उब्जिएको बताउनु भयो । आगामी निर्वाचन अन्य शक्तिलाई स्थापित गर्न वा नाममात्रका दल खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने खेल हुनसक्ने आशंका उहाँले व्यक्त गर्नुभयो ।
भदौ २३ गतेका सुरुवाती मागहरू सकारात्मक देखिए पनि २४ गतेको विध्वंसात्मक घटनाले संविधान निष्क्रिय भएको, दलहरू पर्यवेक्षकमा सीमित भएको र ‘जेन-जी’ को नाममा निर्दलिय सरकार चलेको उहाँको भनाइ छ । उहाँले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने र नेपाल द्वन्द्वग्रस्त क्षेत्रतर्फ जान सक्ने चिन्ता पनि व्यक्त गर्नुभयो ।
उहाँले दलिय प्रणाली पुनः क्रियाशील हुनेमा आशावादी रहेको बताउनु भयो । अहिले नियमित निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्नुपर्नेमा उहाँको जोड छ । नेता गुरूङले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने टिप्पणी गर्नुभयो ।
अहिले नियमित प्रकारको निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्न जरूरी रहेको उहाँले बताउनु भयो ।