एक वर्षसम्म पनि बनेन विनयी खोलाको पुल

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एक वर्षसम्म पनि बनेन विनयी खोलाको पुल

पूर्वी नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा रहेको विनयी खोलाको पुल अलपत्र छ ।

२०८१ पुस २६ गते उद्योगका लागि उपकरण लगाउने क्रममा भारतीय लहरीले बोकेको अत्याधिक भार थेग्न नसक्दा पुल भाँचिएको थियो । तर भाँचिएको एक वर्ष हुँदासमेत पुल मर्मत नभएको छैन । न त भाँचिएको पुलको संरचना नै हटाइएको छ । 

डाइभर्सनबाट महिनौसम्म यातायात सञ्चालन भएको थियो । तर, अहिले बुटवल नारायणगढ सडक विस्तारअन्तर्गत सो ठाउँमा नयाँ पुल निर्माण भएर केही सहज भएको छ । तर, चार लेनको सडकमा दुई लेनको पुल हुँदा जोखिम छ । एडीबीको सहयोगमा विस्तार भैरहेको बुटवल नारायणगढ सडक आयोजनाले पुल निर्माण गर्ने हो वा नेपाल सरकारले छुट्टै बजेटमा भन्नेमा अझै अन्याेल छ । 

सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख ललिजन खनालले तत्कालै के गर्ने भन्ने विषयमा निर्णय भैनसकेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.