नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, थोरै स्थानमा तुवाँलो र सामान्य वर्षाको सम्भावना

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, थोरै स्थानमा तुवाँलो र सामान्य वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले थोरै स्थानमा तुवाँलो र छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागि बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा तराई भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.