नेपाल–चीन सीमा समन्वय बैठक सम्पन्न

माघ १२, २०८२ |कमला पाख्रिन
नेपाल–चीन सीमा समन्वय बैठक सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिएसँगै नेपाल–चीन सीमा समन्वय बैठक बसेको छ। बैठकमा आगामी निर्वाचन, सीमा सुरक्षा, व्यापार–पर्यटन प्रवर्द्धन तथा विपद् व्यवस्थापनबारे चीनको सिजाङ स्वशासित क्षेत्र जाङमुना छलफल भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

सीमा क्षेत्रमा संयुक्त गस्ती, सूचना आदान–प्रदान, सीमास्तम्भ संरक्षण, तस्करी तथा गैरकानुनी आवागमन नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको जिल्ला प्रहरी प्रमुख काजी कुमार आचार्यले बताउनुभयो ।

बैठकमा नेपालतर्फ सिडिओ, एसपी, अनुसन्धान, सशस्त्र र अध्यागमन अधिकारी तथा चीनतर्फ जाङ्मु प्रहरीका एसएसपी, एसपी, डिएसपी र अध्यागमन अधिकारीहरूको सहभागिता रहेको थियो।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।