जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ : बालेन्द्र शाह

माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ : बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शहाहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार कार्यकर्ताहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताउनु भयो । उहाँले उनीहरूको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताउनु भयो ।

उहाँले मानिसलाई जंगल नजिक राख्न नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.