राष्ट्रिय लिग : एनआरटीकाे लगातार तेस्रो जित

माघ ११, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : एनआरटीकाे लगातार तेस्रो जित

काठमाडौं । न्युरोड टिम एनआरटीले राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ । 

हारसहित प्रतियोगिताको सुरूआत गरेको एनआर्टीले त्यसपछि भने सानदार लय समातेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्स क्लबविरूद्ध १-० गोल अन्तरको कठिन जित हात पारेको हो । केही सुस्त बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

दोस्रो हाफमा भने एनआरटीले डेडलक तोड्यो । एनआरटीका लागि ६७औं मिनेटमा गोल आशिष गुरूङले गोल गरेका हुन् । आशिषको गोलनै खेलमा निर्णायक सावित हुँदा एनआरटीले चार खेलबाट ९ अंक जोडेको छ । समान खेलमा फ्रेन्ड्सको ४ अंक छ ।

मछिन्द्र क्लबसँग १-० को हारसहित सिजनको सुरूआत गरेको जीवन सिन्केमानाको टोलीले त्यसपछि सातदोबाटो युवा क्लबलाई ३-१ र काँक्रेविहार क्लबलाई २-० ले पराजित गरेको थियो । लिगको पहिलो खेलमा काँक्रेविहारलाई पराजित गर्दै उत्कृष्ट सुरूआत गरेको बिमल मगरको टोलीले एपीएफसँग हार बेहोरेको थियो भने संकटासँग गोलरहित बराबरी खेल्दै अंक बढेको थियो ।