देशमा विद्यमान संकटको डटेर सामना गरौँ : प्रधानमन्त्री कार्की

माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशमा विद्यमान संकटको डटेर सामना गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरूको डटेर सामना गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरूको अन्त्यका लागि डटेर अघि बढ्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा उहाँले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरूलाई आग्रह गर्नुभयो । विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरू राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । 

उहाँले उच्च शिक्षा हासिल गरेर बाह्य मुलुकमा गएका विद्यार्थीहरूले राष्ट्रले गर्व गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले उच्च शिक्षा प्रदायक संस्थाहरूलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराउनु भयो । प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नुपर्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.