संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गर्नुभयो । केन्द्रको शुभारम्भ गर्दै उहाँले निर्वाचनका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा देखिनसक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताउनु भयो । 

उहाँकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दैै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.