
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति साबुन उद्योगको गोदाममा भीषण आगलागी भएको छ ।
शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा आएको हो । जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएका छन् । हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सोपको गोदाममा शनिबार राति साढे ११ बजेदेखि लागेको आगो लागेको थियो ।
बिजुलीको तार सर्ट भएकाले आगो लागेको अनुमान गरिएको छ । हेटौंडाका २ दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं.गणका प्रहरी र स्थानीय रातभर आगो निभाउने काममा खटिएका थिए । साबुन, र्यापर, कार्टुन, केमिकलसमेत भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताउनुभयो। आगोबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।