
डोल्पा । डोल्पामा शिलाजित निकाल्दै गर्दा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।
सोमबार दिउँसो त्रिपुरासुन्दरी नगरपालिका-४ का अन्दाजी ३५ वर्षीय जसलाल धरालाको भीरबाट खसेर निधन भएको हो। काइकेको पाल्चाखोला नजिकैको भीरमा औषधिको रूपमा प्रयोग गरिने कच्चापदार्थ सिलाजित निकाल्दा भीरबाट खसेर घाइते भएका धरालालाई अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो।
शिलाजित संकलनको लागि गाउँका दाजुभाइसँगै धराला पनि उक्त ठाउँमा जानुभएको थियो।