
सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको सल्यानमा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सल्यान खलंगास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले फरक-फरक समयमा दलहरूलाई मनोनयनको लागि दर्ता गर्न समय तोकेको थियो । उम्मेदवारहरूले आ-आफनो समयमा उपस्थित र शान्तिपूर्ण ढंगले मनोनयन दर्ता गराएका हुन् । नयाँ र पुराना सबै दलले सल्यानमा नयाँलाई उम्मेदवार बनाएका छन् ।