महोत्तरी-३ बाट महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरकाे उम्मेदवारी दर्ता

माघ ६, २०८२ |विकास आर्या
महोत्तरी-३ बाट महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरकाे उम्मेदवारी दर्ता

महोत्तरी । जसपा नेपालका नेता महन्थ ठाकुरले छोड्नुभएकाे क्षेत्रमा उहाँको छोरी मिनाक्षी ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

महोत्तरी निर्वाचन क्षेत्र ३ बाट ठाकुरको छोरी मिनाक्षीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएर ठाकुर प्रतिनिधि सभा पुग्नुभएकाे थियाे ।

ठाकुर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनेपछि सो क्षेत्र खाली भएको थियो । बुबाको सो क्षेत्रबाट मिनाक्षी ठाकुर जसपा नेपालको उम्मेदवार बन्दै उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । मिनाक्षी उम्मेदवारी दर्ता गराउन पुग्दा उहाँसँगै बुबा महन्थ ठाकुर समेत पुग्नुभएकाे थियाे ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।