महोत्तरी-१ मा एमालेबाट लक्ष्मी महतो र नेकपाबाट गिरिराजमणि पोखरेलद्वारा उम्मेदवारी दर्ता

माघ ६, २०८२ |विकास आर्या
महोत्तरी-१ मा एमालेबाट लक्ष्मी महतो र नेकपाबाट गिरिराजमणि पोखरेलद्वारा उम्मेदवारी दर्ता

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट लक्ष्मी महतो कोइरी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट गिरिराजमणि पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

पछिल्लो निर्वाचनमा समेत यहि क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका महतो नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे  । यहि क्षेत्रबाट पछिल्लो निर्वाचनमा पराजित भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री गिरिराजमणि पोखरेलले समेत उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

पोखरेल पछिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचन लड्नुभएकाे थियाे । उहाँलाई एमाले उम्मेदवार महतोले पराजित गर्नुभएकाे थियाे । महतो र पोखरेलको उम्मेदवारीले यो निर्वाचनमा पनि महोत्तरी-१ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

त्यस्तै यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट मुकेश काफ्लेले समेत उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।