काठमाडौं उपत्यकामा दुर्लभ गेरूमुहार चाँचर पहिलोपटक अभिलेखित

माघ ४, २०८२ |सुन्दर शिल्पकार
काठमाडौं उपत्यकामा दुर्लभ गेरूमुहार चाँचर पहिलोपटक अभिलेखित

भक्तपुर । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकास्थित मनोहरा किनारामा दुर्लभ आगन्तुक चरा अभिलेखीकरण गरिएको छ। 

जैविक विविधताविज्ञ सुजन श्रेष्ठ र फोटोग्राफर कृष्ण प्रजापतिले पुस ३० गते गेरूमुहार चाँचरको फोटो खिँच्नुभएको हो । यो चरा काठमाडौं उपत्यका कै पहिलो अभिलेख भएको दाबी गरिएको छ । 

 बर्ड कन्जर्भेसन नेपालमा प्रमाणीकरणका लागि पेस गरेपछि त्यहाँका चरा विज्ञ विमल थापाले उपत्यकाकै पहिलो नवआगन्तुक चरा पुष्टी गरेको फोटोग्राफर प्रजापतिले बताउनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।