बालेन्द्र शाहले तत्काल राजीनामा नदिने

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्र शाहले तत्काल राजीनामा नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्काल राजीनामा नदिने हुनुभएको छ । 

शाहका सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार शाहको राजीनामा तत्कालका लागि 'होल्ड' भएको हो । शाह प्रतिनिधि सभा निर्वाचनाका लागि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । उम्मेदवारी दर्तापछि कानुनी प्रावधानअनुसार स्वत: पद रिक्त हुने व्यवस्था भएको भन्दै उहाँले तत्काल राजीनामा नदिने जनाउनुभएको हो । 

शाह एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा उपस्थित भएर उहाँ चुनावी अभियानका लागि जनकपुर जाने कार्यक्रम छ । यसैबीच, आगामी फागुन २१ मा हुने प्रतिनधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ। 

दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । रास्वपाको केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन्द्र आजै जनकपुर जाने कार्यक्रम रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.