राष्ट्रिय सभाका तीन सदस्यद्वारा पदत्याग

माघ ४, २०८२ |रासस
राष्ट्रिय सभाका तीन सदस्यद्वारा पदत्याग

काठमाडौं । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले)की भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताउनुभयो ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गर्नुभएको हो । उहाँहर"को कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।