प्रतिनिधि सभा निर्वाचन : ओली झापा-५ को उम्मेदवार

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचन : ओली झापा-५ को उम्मेदवार

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुने भएको छ ।

यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । शनिबार काठमाडौंमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चारवटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । 

झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्यासी हुनुहुने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.