
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका झन्डै २५ सय केन्द्रीय सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पार्टी कार्यालय पेरिसडाडाँमा नेकपा संयोजक पुष्पकमल दाहालले मंगलबार २४ सय ९९ केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको हो । कार्यक्रममा नेताहरूले फागुन २१ को चुनावमा जुट्न निर्देशन पनि दिए । मुलुक असाधारण अवस्थाबाट गुज्रेको भन्दै नेताहरुले परम्परागत संस्कारले अहिलेका चुनौती सामना गर्न नसकिनेमा पनि जोड दिए।
फागुन २१ मा तोकिएकै समयमा निर्वाचन हुने भन्दै नेकपाका नेताहरूले राष्ट्रिय एकताले मात्रै मुलुकका समस्या समाधान हुनेमा जोड दिए ।