प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

सबैभन्दा धेरै लोसपाका मात्रै एक सय १० जना
पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट एक सय ७५ जनाले लिए नाम फिर्ता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा दर्ता गरेका एक सय ७५ जनाले नाम फिर्ता लिएका छन्।

१७ वटा दलका एक सय ७५ जना उम्मेदवारले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा धेरै लोसपाका एक सय १० समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका छन् । जसपा नेपालसँग एकीकरण भएपछि लोसपाले नाम फिर्ता लिएकोले संख्या धेरै देखिएको पनि आयोगले जनाएको छ ।

उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका छ । जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, त्यही स्थानमा दलले अर्को नाम पठाउन पाउने आयोगले जनाएको छ।

पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए। ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ दलका तर्फबाट बन्दसूची बुझाइएको थियो । सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.