
संखुवासभा । जिल्ला प्रशासन कार्यालय, संखुवासभाले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको छ।
कार्यक्रममा सुरक्षा र प्रशासनिक संयन्त्र सक्रिय भएको, निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन र मतदाता विवरणबारे जानकारी गराइएको छ । जिल्लास्तरमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार भइसकेको छ भने प्रदेशस्तरीय निर्वाचन सुरक्षा गोष्ठी पनि सम्पन्न भएको छ।
मतदान स्थलहरूको क्रमिक रूपमा अनुगमन तथा निरिक्षण भइरहेको र जिल्ला कमान्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल समेत गठन गरिएको छ ।