चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा किसानलाई कम्बाइन डिक्स मिल वितरण

पुस २६, २०८२ |कमला पाख्रिन
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा किसानलाई कम्बाइन डिक्स मिल वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले किसानलाई कम्बाइन डिक्स मिल वितरण गरेको छ।

धान, मकै, गहुँ र बेसार उत्पादन गर्ने किसानलाई अन्न पिस्न सजिलो बनाउन कृषि समूह, सहकारी तथा व्यावसायिक कृषक फार्मलाई ४७ थान कम्बाइन डिक्स मिल ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

कृषकहरूले अनुदानमा प्राप्त मिलले उत्पादनपछि अन्न प्रशोधनमा सहजता ल्याउने, बजारसम्म पुर्‍याउन थप सुविधा हुने र आम्दानी बढ्ने अपेक्षा लिएको छ । नगरपालिकाले आगामी दिनमा पनि कृषि उत्पादन र प्रविधिमा आधारित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 

यसले परम्परागत तरिकाबाट अन्न पिस्नुपर्ने बाध्यता हटाइ आधुनिक कृषितर्फ किसानलाई आकर्षित गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।