राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका उम्मेदवार ओली निकट र अवसर पाएकाहरू

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका उम्मेदवार ओली निकट र अवसर पाएकाहरू

काठमाडौं । नेकपा (एमाले)ले पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीको नाम तय गरेको हो । रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव हुन् भने झाँक्री हालैमात्र एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी हुन् । 

कांग्रेससँग भएको सहमतिअनुसार राष्ट्रिय सभाको १८ सिटमा एमालेले ८ सिट पाएको छ । कांग्रेसलाई ९ सिट र एक सिट लोसपालाई दिइएको छ । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस गरिएको छ । सिट संख्यामा सहमति हुन नसकेपछि गठबन्धनबाट नेपाली कम्युनिष्ट पार्टी भने बाहिरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.